जेठ ०७, २०८१, सोमबार

प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ ।  प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच भेटवार्ता भएको छ ।मंगलबार जङ्गी अड्डामा सम्पन्न शिष्टाचार भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.