जेठ ०७, २०८१, सोमबार

सोसल मिडियाको नकारात्मक प्रभाव बढ्यो : प्रधानमन्त्री प्रचण्ड


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् । उनले सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको समेत बताए । त्यसका लागि एउटा तप्का लागिपरेको समेत प्रधानमन्त्री बताए । 

सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए ।  प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’ 

अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने र त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरे । विगतमा साप्ताहिक पत्रिकाले राजनीतिक परिवर्तनका लागि ठुलो भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले अहिले युग परिवर्तन भएकोले नयाँ ढङ्गबाट सोच्नुपर्ने दिन आएको बताए । 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय प्रेस सेन्टरको क्रियाशीलता बढेको बताउँदै माओवादीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न अझै मेहनत बढाउन पत्रकारहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.