जेठ ०७, २०८१, सोमबार

सौराहामा चलचित्र महोत्सव माघ १८ देखि


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

चितवन — क्याराभान नेपाल नामक संस्थाले चितवनको सौराहामा माघ १८ गतेदेखि २२ गतेसम्म चलचित्र महोत्सव गर्ने भएको छ । महोत्सवमा नेपालका साथै दक्षिण एसियाली देश (सार्क)बाट प्रत्येक देशका कम्तिमा एउटा चलचित्र सामेल हुने क्याराभान नेपालका अध्यक्ष रहेका नेपाली चलचित्रकर्मी विमल पौडेलले जानकारी दिए ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा छाेटा सिनेमालाई पुरस्कृत गरिने शनिबार रत्ननगरमा आयाेजना भएकाे पत्रकार सम्मेलनमा पाैडेलले बताए । महोत्सवमा सामेल हुनका लागि माघ १५ सम्मकाे समय दिएकाे उनकाे भनाइ छ ।

महाेत्सवमा प्रदर्शन हुने सार्क देशका चलचित्रहरू सामेल गराउन सम्बन्धित देशका दूतावासमार्फत पहल गरि रहेकाे पनि पाैडेलले बताए । महाेत्सवमा नेपाली सिनेमाकाे अन्तराष्ट्रिय बजार र पर्यटन विकास बारे गाेष्ठी हुनेछ ।

'याे महाेत्सवमा दुई खाले कार्यक्रम हुनेछ । चलचित्रकर्मीहरूकाे अन्तरक्रिया, बहस प्रशिक्षण र सिनेमा प्रदर्शन पनि हुनेछ । साँगेतिक कार्यक्रम पनि आयाेजना भएकाे छ । जहाँ ख्याति प्राप्त नेपाली कलामारहरूकाे प्रस्तुति रहनेछ,' पत्रकार सम्मेलनमा अध्यक्ष पाैडेले भने ।

महाेत्सव परिसरमा चलचित्र, पर्यटन र स्थानीय खानाका परिकारसमेतका गरेर सयवटा स्टलहरू पनि रहने आयाेजक समितिले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.