जेठ ०७, २०८१, सोमबार

कानूनविपरित सञ्चालित आयुर्वेदिक औषधी पसलमा सिलबन्दी


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

गुल्मी — कानूनविपरित एलोपेथिक क्लिनिक सञ्चालन गर्ने दुई आयुर्वेदिक औषधी पसलमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा रेसुंगा नगरपालिका-८ मा सञ्चालित सम्पन्न आयुर्वेद र सफल होमियोप्याथिक औषधी पसलले कानूनविपरीत एलोपेथिक क्लिनिक सञ्चालन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको हो ।

उनीहरुले आयुर्वेदिक र होमियोप्याथिक औषधी पसल बिक्रीको मात्र अनुमति लिएको, तर एलोपेथिक औषधी बेचेको, एक्सरे तथा भिडियो एक्सरे, फिजीयोथेरापी र नेवुलाईजर सेवा सञ्चालन गरको, बिरामी भर्ना गरेर उपचार गर्ने गरेको, चिकित्सकको परामर्श बिना ल्याब रिफर गर्ने गरेको भेटिएकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीले बताए ।

'धेरै उजुरी आएपछि अनुगमन गर्दा उहाँहरुले एलोपेथिक औषधी पसलको गोदाम नै राखेको र चिकित्सकीय परामर्शविना ल्याव रिफर गर्ने गरेको समेत भेटियो,' उनले भने, 'मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरबाही गरेकोले कानून अनुसार कारबाहीको प्रकृया अगाडि बढ्छ ।'

अनुगमन टोलीले वडा नं. ९ मा रहेको उनीहरुको गोदाम समेत सिलबन्दी गरेको छ ।

सम्पन्न आयुर्वेदका सञ्चालक रमेश अधिकारी र सफल होमियोप्याथीकी सञ्चालिका कमला पाण्डे पतिपत्नी हुन् । उनीहरुले एउटै घरका दुई सटरमा पसलहरु राखी नजिकैको घरमा गोदाम, एक्सरे, भिडीयो एक्सरे र बिरामी भर्ना गर्ने बेड समेत राखेको अनुगमन टोलीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.