जेठ ०७, २०८१, सोमबार

भूकम्प प्रभावित दार्मामा ९ सय ६० अस्थायी टहरा निर्माण


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

सल्यान — दार्मा गाउँपालिकामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर १७ कार्त्तिकमा गएको भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका सर्वसाधारण आफैँ र विभिन्न संघसंस्था तथा स्वयमसेवकहरुको सहयोग समेत गरी दार्मामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका हुन् ।

भुकम्पबाट घरहरु क्षती भएपछि मंसिर १६ गतेदेखि विभिन्न पार्टीका स्वयमसेवक, नेपाली सेना र स्थानीय अस्थायी टहरा निर्माणमा खटिएका थिए ।

 

पीडितहरु आफैँले ६७० अस्थायी टहरा निर्माण गरेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताले २६२ वटा टहरा निर्माण गरिदिएका छन् । त्यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले १७, नेकपा समाजवादीले ३ र नेपाली सेनाले ४ वटा अस्थायी टहरा निर्माण गरिदिएका हुन् ।

दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले अहिलेसम्म ९ सय ६० अस्थायी टहरा निर्माण भएका जानकारी दिए । उनका अनुसार सुरुवातमा गाउँपालिका क्षेत्रमा १ हजार १७९ घर बस्न नमिल्ने गरी भत्किएका थिए । तर अहिले भने लाभग्राहीको संख्या थपिएर २ हजार ३ सय पुगेको छ ।

त्यसमध्ये अहिलेसम्म ५२० ले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताको २५ हजार रुपैयाँ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.