जेठ ०७, २०८१, सोमबार

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउँदविरुद्ध उजुरी


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

धनगढी — सुदूरपश्चिम प्रदेश सरकरका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पैसा लेनदेनका विषयमा उनीविरुद्ध उजुरी आएको प्रहरीले जनाएको छ ।

बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् । कैलालीका प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले हाल मन्त्री रहेका साउँदले पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकोले सुरक्षा गरि पाउँ भन्दै बोहराले ठाडो उजुरी दिएको बताए । त्यस विषयमा थप अध्ययन भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.