जेठ ०७, २०८१, सोमबार

४ वटा संसदीय समितिको बैठक बस्दै


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुनेछ । 

 

 

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ । 

दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्थाअनुसार जनसङ्ख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.