जेठ ०७, २०८१, सोमबार

कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 1
comment

1

प्रतिक्रिया

काठमाडौं । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए । यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ ।

k6khabar March 7, 2024, 3:34 p.m.

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.