जेठ ०७, २०८१, सोमबार

स्वास्थ्यमन्त्री यादवले पदभार सम्हाल्दै गरे तीन निर्णय


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले केही निर्णयहरु पनि गरेका छन्।  

उनले संघीय तथा प्रादेशिक अस्पतालहरुमा  शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो  बनाउन आवश्यक निर्देशन दिने निर्णय गरेका छन्। 

यसैगरी डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन समेत उनले दिएका छन्।  यस्तै नयाँ स्वास्थ्य सेवा ऐनका   सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका  अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

त्यस लगत्तै उनले मन्त्रालय पुगेर पद सम्हालेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.