जेठ ०७, २०८१, सोमबार

राष्ट्राध्यक्षद्वारा शिवरात्रिको अवसरमा आराध्यदेव पशुपतिनाथको दर्शन


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरुले शिवरात्रिका दिन भगवानको आराधनामा फूल, धूप, चामल लगायतका भेटी बोकेर हजारौं भक्तजन शिवलिंगको दर्शन गर्न बिहानैदेखि पशुपतिनाथ मन्दिरमा घण्टौं लाइन लागेका छन् । भगवान शिव वा महादेवलाई प्रलयको समयमा संसारको विघटनको लागि जिम्मेवार त्रिमूर्ति मध्ये एक मानिन्छ।
यस पर्बमा व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।महाशिवरात्रिको अवसरमा शुक्रबार यहाँको पवित्र बागमती नदीको किनारमा अवस्थित पूजनीय पशुपतिनाथ मन्दिरमा नेपाल र भारतबाट लाखौ भक्तजनले दर्शन गरेका छन् ।

 

Copyright © 2024 | All rights reserved.