जेठ ०७, २०८१, सोमबार

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

२८ फागुन, काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यता नेपाली कांग्रेसले युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण नभई आफ्नो योगदानअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भएको बताए ।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।कांग्रेस उम्मेदवार शर्माले भने लोकतन्त्रमा कसैको हार वा जित नहुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.