जेठ ०७, २०८१, सोमबार

कावासोतीमा सवारी दुर्घटना, एक जनाको मृत्यु


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पूर्वपश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-८ , खरकट्टा जंगलमा रजहरबाट कावासोतीतर्फ आउँदै  गरेको बाग्मती प्रदेश ०३–००१क ०९५५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ५० प ४७०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन शर्माकाअनुसार दुर्घटनामा मोटरसाईकल चालक अन्दाजी ४० वर्षका युवाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

 

 

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर घाईते भएका युवालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.