जेठ ०७, २०८१, सोमबार

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० पोखरेली युवा सांस्कृतिक परिवार लाई


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई अर्पण गरिएको छ । भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले (पोयुसाप) का अध्यक्ष उपेन्द्र पौडेललाई अर्पण गर्नु भएको हो । नगद रु.१ लाख १ र सम्मान पत्र प्रमुख आचार्यले अध्यक्ष पौडेललाई प्रदान गर्नुभयो ।

पुरस्कार अर्पण गर्दै प्रमुख आचार्यले पोखरालाई सांस्कृतिक रूपमा एकताबद्ध गर्न पोखरेली युवा सांस्कृतिक परिवारको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । पोयुसाप पोखराको ब्रान्डका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो ।

झन्डै पाँच दशक देखी पोखरालाई साहित्य, संस्कृति र कलाका माध्यमबाट प्रवर्द्धनका खातिर प्रशंसनीय कार्य गरेकाले पोखरेली युवा सांस्कृतिक परिवारलाई पुरस्कार अर्पण गरिएको भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले बताउनुभयो ।

यसअघि यो पुरस्कार फत्तेमान, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेम ध्वज प्रधान, जगमान गुरुङ लगायतले प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.