जेठ ०७, २०८१, सोमबार

सिंगापुरमा एकै महिना १४ लाख पर्यटक


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

एजेन्सी । दक्षिणपूर्वी एसियाली टापु मुलुक सिंगापुरमा एकै महिना १४ लाखभन्दा बढी पर्यटक पुगेका छन्‌। फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेको त्यहाँको पर्यटन बोर्डले जानकारी दिएको हो।

सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी)ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।

कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक सिंगापुर पुगेको तथ्याङ्क छ ।

चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.