जेठ ०७, २०८१, सोमबार

कलाकार मुनमुन दत्त र राज अनडकटको गोप्य इन्गेजमेन्टको कुरा सामाजिक सञ्जालमा भाईरल


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

१ चैत्र कास्की

भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ का फेम कलाकार मुनमुन दत्त र राज अनडकटको गोप्य इन्गेजमेन्टको कुरा सामाजिक सञ्जालमा फैलिएको छ ।

 

तारक मेहतामा मुनमुनले ‘बबिता जी’को भूमिका निभाएकी छिन् भने राजले ‘टप्पु’को भूमिका निभाइरहेका छन् । राज र मुनमुनले बडोदरामा आयोजित एक निजी समारोहमा इन्गेजमेन्ट गरेको समाचार जताततै देख्न सकिन्छ ।

यो खबर भाइरल भएपछि मुनमुन र उनको टोलीले यो खबर झुटो रहेको बताएकी छिन् । इ–टाइम्ससँग कुरा गर्दै मुनमुनले यो समाचार झुटो र हास्यास्पद भएको बताइन् । मुनमुनले यो अफवाह पूर्णतया मनगढन्ते भएको बताउँदै यस फेक न्यूजमा आफ्नो शक्ति खेर फाल्न नचाहेको बताइन् ।

यता राजको टिमले पनि सामाजिक सञ्जालमार्फत यी खबरमा आफ्नो प्रतिक्रिया दिएको छ । इन्स्टाग्राम स्टोरी सेयर गर्दै राजले सामाजिक सञ्जालमा देखिएका समाचार झुटा र आधारहीन रहेको बताएका छन् ।

तर, राज र मुनमुनको बारेमा आएको यस्तो हल्ला पहिलो पटक भने होइन । यसअघि पनि यी दुवैको बारेमा धेरै किसिमका समाचार बाहिर आएका छन् । केही रिपोर्टमा दुवैले २ वर्षदेखि एकअर्कालाई डेट गरिरहेको दाबी गरेका छन् । दुबैको उमेरमा ९ वर्षको अन्तर छ । मुनमुन ३६ र राज २७ वर्षकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.