जेठ ०७, २०८१, सोमबार

बन्द रंगशालामा नेपाल मेलेसियाको सामना गर्दै


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ — चैत्र २ २०८०

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसविरुद्ध बढ्दो गुनासो, अखिल नेपाल फुटबल संघ (एन्फा) आफैं फसेको शृंखलाबद्ध विवादबीच नेपाली राष्ट्रिय टिमले शुक्रबार मलेसियाको सामना गर्दैछ । यो खेल मैत्रीपूर्ण मात्रै रहेनेछ । यो ओपचारिक मान्यता प्राप्त खेल भने हुने छैन ।यस खेलका क्रममा रंगशालामा न त दर्शकलाई प्रवेश दिइनेछ भने न त खेलको प्रत्यक्ष प्रसारण हुनेछ । बरू खेलमा सक्दो खेलाडी ‘सब्स्टिच्युट’ गर्न सकिनेछ भने खेल आफैंमा चार भागमा विभाजित हुनेछ । विश्वकप र एसियाकप दुवैको छनोटका रूपमा हुन लागेको मलेसियाकाविरुद्धको मैत्रीपूर्ण खेल साह आलम युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ, समय रहेको छ, साँझ ७:४५ बजे ।

प्रशिक्षणको स्वरूप र टिम चयनलाई लिएर प्रशिक्षक एनिसविरुद्ध अधिकांश खेलाडीको गुनासो रहेको छ । त्यसैले टिममा केही प्रमुख खेलाडीको अनुपस्थिति छ भने छ नयाँ अनुहारलाई अवसर दिइएको छ । एन्फामाथि भने अनावश्यक रूपमा आफ्नो पदाधिकारीलाई विदेश गुमाउने निहुँमा मलेसिया लागेको आरोप छ ।

युवा तथा खेलकुद मन्त्रालयले यसै पृष्ठभूमिका कारवाहीका लागि स्पष्टिकरण सोधिसकेको छ । यता प्रशिक्षक एनिससामु लिग नभएको स्थितिमा मोफसलकै गोल्डकपमा भएको प्रदर्शनको आधारमा टिम चयन गर्नु पर्ने बाध्यता पनि बनेको थियो । प्रशिक्षकसँगको बढेको दूरीकै कारण टिममा आयुष घलान, दीप कार्की, सन्तोष खत्री र सुरज ठकुरी छैनन् ।

प्रशिक्षक एनिसले भारतमा खेलिरहेका एरिक विष्टलाई बोलाएकै छैनन् । यस्तै पितृशोकमा रहेका राहित चन्द पनि टिममा छैनन् । त्यसैले पनि यसपल्ट टिममा रोहन कार्की, अभिषेक लिम्बू, अजय चौधरी, शौभाग्य राई र समिर तामाङले पहिलो पल्ट मौका पाएका छन् । बन्द प्रशिक्षण नै नरहेका भरत खवास पनि टिममा समावेश गरिएको छ।

मलेसियाबाट नेपाली टिम सिधै बहराइन जानेछ र त्यहाँ छनोटका दुई खेल खेल्नेछन् । ती खेल चैत ८ र १३ मा हुनेछ । त्यसमध्ये एक खेल नेपाली भूमिमा हुनु पर्ने थियो । तर दशरथ रंगशाला छनोट खेलका अयोग्य घोषित भएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । घरमै हकले गर्न पाउने खेल गुमाएकोले पनि एन्फाको चर्को आलोचना भइरहेको छ ।

घोषित २३ सदस्यीय टिम भने यस प्रकार छ ।

गोलरक्षक : किरण लिम्बू, अभिषेक रिजाल र विशाल सुनार ।

डिफेन्डर : अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ ।

मिडफिल्डर : भरत खवास, विशाल वस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की र उत्सव राई ।

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेमजन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र गिलेप्सीजंग कार्की ।

प्रकाशित : चैत्र २, २०८० ११:३६

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.