जेठ ०७, २०८१, सोमबार

चियामा नुन राख्नु स्वास्थ्यका लागि सही वा गलत ?


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

एजेन्सी । कतिपय मानिस चियामा नुन राखेर पिउन मन पराउँछन् । यसरी चिया पिउने मानिसले चियाको स्वाद बढेको बताउँछन् तर यहाँ प्रश्न उठ्छ के चियामा नुन मिसाएर पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ?

यदि तपाईं पनि चियामा नुन मिसाएर पिउनुहुन्छ भने यसले शरीरमा त्यस्तो कुनै नोक्सान त हुँदैन । तर नुनको मात्रामा भने ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा चिया बनाउँदा मात्र एक चिम्टी नुन राख्नुहोस् ।

 

तपाईं एकदमै थोरै मात्रामा विशेषगरी कालो नुन दुध चिया, कालो चिया, ग्रीन टी, आदिमा मिसाएर पिउन सक्नुहुन्छ । यसले स्वास्थ्यमा कुनै पनि नोक्सान हुँदैन । बरु यो शरीरका लागि फाइदाजनक हुन सक्छ ।

 

 

कालो नुनको सीमित मात्रा खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले इम्यून सिस्टमलाई बलियो बनाउँछ । जसले गर्दा विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

नुनमा प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छ । यसले शरीरमा कम भइरहेको इलेक्ट्रोलाइटको मात्रालाई सन्तुलन बनाउन सहयोग गर्छ । जसले गर्दा तपाईं  हाइड्रेट रहनुहुनेछ । नुनमा विभिन्न प्रकारका मिनरल्स पाइन्छन् । जस्तै पोटाशियम, म्याग्नेशियम, क्याल्सियम । यी मिनरल्स शरीरका लागि फाइदाजनक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.