जेठ ०७, २०८१, सोमबार

पोखरामा रात्रीकालीन व्यवसाय आजैदेखि खोल्न दिने मुख्यमन्त्री पाण्डेको घोषणा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा

पर्यटकीय राजधानी घोषणा भएको पोखरामा आइतबारदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजैदेखि रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध गर्ने घोषणा गरे । 

उनले आइतबारदेखि नै लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाधरुपमा सञ्चालन हुने बताए । उनले राउण्ड फेवा, भ्यू फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता समेत जनाए ।

मुख्यमन्त्री पाण्डेले बेगनास तालमा क्रुज सीप सञ्चालन गर्ने घोषणा गरे । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत ध्यान केन्द्रको रुपमा विकास गर्न ध्यानकेन्द्र निर्माण गर्ने र अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टलबस सेवा सञ्चालन गर्ने समेत उनको घोषणा छ ।

मुख्यमन्त्री पाण्डेले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए ।

प्रकाशित : चैत्र ४, २०८० 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.