जेठ ०७, २०८१, सोमबार

जीवनको याम : व्यायाम


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

जीवन बुझेको मानिसले थाहा पाउँछ, शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक व्यायाम गर्नुपर्छ । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउनुका साथै स्वास्थ्य तन्दुरुस्तीमा बहार ल्याउँछ । होइन भने मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थाल्छ ।

व्यायामले मुटुको अवस्थामा सुधार ल्याउँछ । मुटुको अवस्थामा सुधार आयो भने मुटु स्वस्थ्य हुन्छ । नियमित व्यायाम गर्दा शरीरको अनावश्यक तौल नियन्त्रण हुन गई कोलेस्टेरोल, सुगर र प्रेसरजस्ता समस्या आफैं घटेर निको हुने अवस्थामा पुग्छन् । यसले मुटुरोग लाग्ने सम्भावना निकै कम गराउँछ । नियमित बढिरहेको तौल नियन्त्रण हुनेबित्तिकै शरीर आफैंमा स्वस्थ र निरोगी हुन थालिहाल्छ ।

शारीरिक व्यायामले फोक्सोको अवस्थामा सुधार ल्याउँछ । दौड, पौडीजस्ता व्यायाम फोक्सोका लागि निकै फाइदाजनक हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरलाई अक्सिजन बढी चाहिन्छ । अक्सिजनको आपूर्तिले फोक्सोको क्षमता बढ्नुका साथै शरीर तन्दुरुस्त हुन जान्छ ।

नियमित व्यायामले मोटोपन घटाउने हुनाले यसबाट कलेजोलाई फाइदा हुन जान्छ । फ्याटी लिभरको समस्या देखिएको व्यक्तिले त दैनिक व्यायाम गर्नैपर्छ । नियमित व्यायामले हड्डीलाई बलियो र मजबुत बनाउँछ । जति धेरै शारीरिक व्यायाम गयो, उति धेरै हड्डी मजबुत हुन्छ ।

व्यायामले मिर्गौलाको समस्याबाट बचाउँछ । नियमित रूपमा व्यायाम गर्दा शरीरको सबै अंगले राम्ररी काम गर्छन् । व्यायाम गर्दा मुटुको धड्कन पनि तीव्र गतिमा काम गर्छ । व्यायामले प्रेसर र सुगरको समस्या पनि हल गर्छ ।

नियमित व्यायामले मस्तिष्कको कार्यमा पनि सुधार गर्ने हुनाले मस्तिष्क कोषिका अधिक उत्पादन हुन जान्छन् । यसले मानिसलाई तनाव र उदास हुनबाट रोक्छ ।

व्यायाम गर्ने व्यक्तिको दिनचर्यामा सुधार आउन थाल्छ । यो भनेको उसको स्वस्थ सोचमा विकास हुनु हो । नियमित व्यायाम गर्ने व्यक्ति शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् । उनीहरूमा केही रोग नहुँदा आयु पनि बढ्छ । व्यायामले हड्डी, मांसपेशी तथा जोर्नी बलियो तथा लचिलो राख्छ र ढल्किँदो उमेरमा पनि जवान देखिन्छन् ।

व्यायामले बिर्सनेजस्ता रोग पनि कम गर्छ । बुढेसकालमा अल्जाइमर हुने सम्भावना २५ प्रतिशतलाई हुन्छ । नियमित व्यायाम गर्नेहरूमा यो रोग देखापर्दैन ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.