जेठ ०७, २०८१, सोमबार

पोखरालाई पर्यटकीय राजधानीको रूपमा औपचारिक घोषणा हुँदै


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरेली जनताको सपना, अनवरत प्रयास र अपेक्षा अनुरूप पोखरा र सिंगो गण्डकी प्रदेशको पहिचान, प्रतिष्ठा तथा समृद्विको अभियानमा नयाँ आयाम थपिएको आजको  ऐतिहासिक दिनलाई पर्वको रूपमा मनाउन सगर्व यहाँ उपस्थित भएका छौं ।

प्राकृतिक, सांस्कृतिक र साहसिक (Nature, Culture and Adventure) दृष्टिले अनुपम, विश्वमै शिर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातीप्राप्त हाम्रो प्यारो जन्मभूमि सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रूपमा औपचारिक घोषणा हुँदै गर्दा हामीलाई रोमाञ्चित बनाएको छ, गौरवान्वित बनाएकोछ र यस घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रृवृद्विमा नयाँ आयाम थपिने विश्वास लिएका छौं ।

विश्वका विभिन्न मुलुकहरूमा शहरको आ-आफ्नै विशिष्टता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने प्रचलित अभ्यास रहेको तथ्यलाई समेत विचार गरी अन्तरराष्ट्रिय रूपमा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञहरू समेत रहेको एक अध्ययन समिति गठन गरिएको थियो । 

पर्यटकीय राजधानी घोषणा पश्चात नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत स्थानीय तहको आगामी नीति, योजना तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउँने, पोखराको पर्यटकीय ब्राण्डिङ तथा बजारिकरण र प्रवर्धनमा सहयोग पुग्ने, पर्यटन व्यवसायी लगायत सरोकारवालाहरूमा उत्साह तथा उर्जा थपिने, पोखरामा आन्तरिक तथा बाह्य लगानीको अनुकूल वातावरण बन्ने, विकास साझेदारहरुसँग सहकार्यको क्षेत्र विस्तार हुने र नीजी क्षेत्रको जवाफदेहिता र क्षमता विकास अभिबृद्वि हुने लगायतको दुरगामी नतिजा प्राप्त हुने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.