जेठ ०७, २०८१, सोमबार

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएको छ ।

मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।

अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छाडेको छैन ।

स्रोतका अनुसार नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुख्यमन्त्री पाण्डेले फकाइरहेका छन् । राप्रपाले मध्यावधिमा जानबाट रोक्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.