जेठ ०७, २०८१, सोमबार

पोखराको काहुँकोटमा डढेलो


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखराको काहुँकोटमा रहेको जंगलमा केही दिनयता डढेलो लागिरहेको छ। घाँस पलाउने आशामा कतिपय मानिसले जानी जानी आगो लगाउँदैछन् त कतिले अञ्जानबस लगाएको आगो पनि वनमा फैलिने गरेको छ।

यसअघि लगाइएका आगो स्थानीयले समयमै नियन्त्रणमा लिए पनि सोमबार साँझ भने जंगलका डेढ सय रोपनी दनदनी बल्न पुग्यो। जुन व्यक्तिले निजी जमिनका झाडी पोल्न लगाएको आगो जंगलमा फैलिएको थियो।

स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षकुमार क्षेत्रीका अनुसार व्यक्तिगत जमिनमा लगाएको आगो सामुदायिक वनमा फैलिन पुगेको थियो। 

‘व्यक्तिगत जमिनको झाडी जलाउन खोज्दा वनमा डढेलो फैलियो,’ उनले भने, ‘डढेलोबाट हाम्रो सामुदायिक बनको करिब डेढ सय रोपनी जलेको छ।’ 

लामो समयदेखि परेको खडेरीले बनका घाँस सुकेका छन्। खेतीपातीमा कमी आउँदा वनबाट स्याउला र सोत्तर पनि उपभोक्ताले लैंजादैनन्। त्यसमाथि सुकेका काठले पनि डढेलो फैलाउन मदत पुर्‍याएको अध्यक्ष क्षेत्रीले बताए।

पोखरा सहरमा बसेको डाँडा काहुँकोटको दक्षिणतर्फ मानववस्ती छ। अन्यत्र वनले ओगटेको छ। डढेलोबाट बस्ती जोगाउन स्थानीय युवा, प्रहरी, नेपाली सेना लगायतको प्रयासले सफल बनाएको डढेलो निभाउन पुगेका युवा अरुण गिरीले बताए।

‘काहुँकोटमा रहेको होमस्टे नजिकै डढेलो आइसकेको थियो, हामीले अग्निरेखा बनाएर डढेलो निभायौं,’ उनले भने, ‘डढेलोबाट वनमा क्षेती पुगेको छ, मानवीय क्षेती हुन पाएन।’ 

डढेलो लागेका बेला के गर्ने भनेर अन्यौलमा पर्दा बनको ठूलो क्षेत्र जलेको उनले बताए।

 

पोखरा शहर र हिमाल प्रष्ट देखिने भएकाले काहुँकोट पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ। पोखराबाट सबैभन्दा नजिक लालीगुराँस फुल्ने काहुँकोट जंगल डढेलोबाट जोगाउन सरकारले आपतकालीन योजना बनाउनुपर्ने गिरीले बताए। 

वन समुहका अध्यक्ष क्षेत्रीले व्यक्तिको जग्गाबाट बनका डढेलो फैलिएको बताए पनि कसले डढेलो लगाए भन्ने एकिन भएको छैन। डढेलो नियन्त्रणसँगै आगो लगाउने व्यक्तिको खोजी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए।

‘आगो नियन्त्रणमा लिइसकेका छौं, अब कसले आगो लगायो भनेर अनुसन्धान गर्दैछौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.