जेठ ०७, २०८१, सोमबार

चिया खेतीबाट देखियो आम्दानीको सम्भावना


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

ताप्लेजुङ, चैत ७ गते ।

ताप्लेजुङमा चिया खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । पछिल्लो समय जिल्लामा चिया खेती लगाउन सुरु गरिएको र यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएको किसानले बताएका छन् । जिल्लामा सुरु गरेको परीक्षण खेतीबाट मनग्ये चिया उत्पादन हुन थालेसँगै आम्दानीको सम्भावना पनि बढेको किसान बताउँछन् ।

सदरमुकाम फुङ्लिङ बजारमा बसोबास गर्दै आउनुभएका फुङ्लिङ नगरपालिका–९, हाङ्देवाका वेदनिधि पौडेलले चिया खेती सुरु गर्नुभएको छ । फुङ्लिङ नगरपालिकाकै वडा नं. १० फुरुम्बुको गढीडाँडामा पौडेलले व्यक्तिगत खर्चमा चिया खेती लगाउनुभएको हो । केही वर्षअघि मात्र गढीडाँडामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताउनुभयो ।

व्यक्तिगत लगानीमा पौडेलले व्यावसायिक चिया खेती सुरु गर्नुभएको हो । उहाँले करिब ६५ रोपनी क्षेत्रफल बराबरको निजी जग्गामा चिया खेती लगाउनुभएको छ । आजभन्दा सात वर्षअघि लगाएको चिया खेतीबाट सामान्य रूपमा उत्पादन सुरु भएको उहाँले जानकारी दिनुभयो ।

चियाबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर व्यावसायिक खेती थालेको र खेतीबाट उत्पादन सुरु भएपछि आफूलाई खुसी लागेको उहाँको भनाइ छ । सुरुमै माटो परीक्षण गरेर चियाका बिरुवा लगाएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चिया खेतीका लागि माटो उपयुक्त रहेको पाएपछि खेती सुरु गरेको र चियाको बोट राम्ररी नै फस्टाउँदै गरेको छ । 

चिया बगान विस्तार गरी गढीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर खेती सुरु गरेको पौडेलले बताउनुभयो । चियासँगै गढीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके थप आम्दानी लिन सकिने उहाँको विश्वास छ ।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.