जेठ ०७, २०८१, सोमबार

अनुसन्धान अधिकृतहरूसँग भक्कानिए महरा


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौंँ । पूर्वसभामुख कृष्णबहादुर महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् । उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइरहेका छन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘बयानको क्रममा उहाँ भक्कानिनुभएको छ ।’

 

महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.