जेठ ०७, २०८१, सोमबार

केन्द्रीय सदस्य शर्माले छाडे माओवादी


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छाडेका छन्।

संविधानसभा सदस्य समेत रहेका शर्माले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आत्मग्लानि भएको भन्दै बिहीबार पार्टी त्यागेको घोषणा गरेका हुन्।

भ्रष्टाचारमा संलग्न भएर १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातलको फरक पाएको अनुभूति हुन्छ।’

द्वन्द्वकालमा आफैंले उठाएका मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटको महासंघमा रूपान्तरण भएकाले पार्टी छाड्नुपरेको शर्माको निष्कर्ष छ।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.