जेठ ०७, २०८१, सोमबार

तनहुँमा पर्यटक बस दुर्घटनाः ६ जना चिनियाँ नागरिक घाइते


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा शनिवार बिहान दुर्घटनामा परेको हो । घाइते ६ जना चिनियाँ नागरिकमध्ये ४ जना सामान्य घाइते भएका थिए । २ जनालाई भने उपचारका लागि काठमाडौं ल्याइएको थियो । 

प्रहरीका अनुसार घाइते हुनेमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीय सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीय हुछिआओ ली छन् ।

उक्त बसमा २६ जना यात्रु सवार थिए । 

पानी परेर बाटो चिप्लो भएका कारण दुर्घटना भएको एसपी बोहराले बताए । बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.