जेठ ०७, २०८१, सोमबार

अरविन्द केजरीवाल : भ्रष्टाचारको विरोधले उठायो, ‘रक्सी’ले डुबायो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यति बेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ ।

भ्रष्टाचार विरुद्ध चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल । उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधान सभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन् ।  यो प्रकरण दिल्लीमा निजी क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ ।

लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँढीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ । 

केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी पक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय  जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भइरहेको छ ।

पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.