जेठ ०७, २०८१, सोमबार

भारत: होलीका अवसरमा आरती गर्दा मन्दिरको गर्भगृहमा आगलागी, १३ जना घाइते


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

भारतस्थित मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा कम्तीमा १३ जलेका छन्।

 

भारतीय सञ्चारमाध्यमका अनुसार होलीका अवसरमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो।

उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरूलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

 

 

जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो। यस घटनामा १३ जना घाइते भएका छन्।”

घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार भस्म आरतीका क्रममा गुलाल खन्दा यो दुर्घटना भएको हो।
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.