जेठ ०७, २०८१, सोमबार

‘साहित्यले समाजका आरोहअवरोह बुझन जरुरी’


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं,  

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रा.चेतनाथ धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्नुहुँदै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहेको बताउनुभयो ।

प्रा. धमलाको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको ११८औँ कविता वाचन कार्यक्रम सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा आयोजना गरेको थियो ।

उहाँले साहित्य वर्गीय, रैथाने चेतना, पहिचान र सौन्दर्यसँग जोडिएको हुन्छ भन्ने विचार व्यक्त गर्नुहुँदै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुन सक्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले ‘भ्रम’ शीर्षकको कवितासमेत वाचन गर्नुभएको थियो ।

यस कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स, अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतका कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो

यस कार्यक्रमको अध्यक्षता गरेका कवि डा.मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गर्नुभएको थियो । यसैगरी, कार्यक्रममा सामाखुसी साहित्य समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कवितासमेत वाचन गर्नुभएको थियो । यसैगरी, आफ्नो कविता वाचनसहित कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गर्नुभएको थियो ।

प्रकाशित: चैत १२, २०८० सोमबार 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.