जेठ ०७, २०८१, सोमबार

अदालतको आदेशले दुर्गा प्रसाईंलाई राहत, थप मेडिकल कलेज सञ्चालक उत्साहित


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुला भएको छ । झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भए सम्पन्न भएपनि पठनपाठनका लागि प्रसाईंले लामो समययता सम्बन्धन पाउन सकेका छैनन् । सोही कारण प्रसाईंले निरन्तर सरकारको आलोचनाका साथसाथै असन्तुष्टि पोख्दै आएका छन् ।  

यही विवादका बीचमा सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। 
००००
सर्वोच्चको आदेशले यस्तै झमेलामा रहेका थप १३ मेडिकल कलेज उत्साहित भएका छन् । सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र दिएपनि सञ्चालन अनुमति नपाएका थप १३ मेडिकल कलेज छन् ।  अब ती कलेजलाई पनि प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर हुने छ । 
यस्ता मेडिकल कलेजहरुमा नेपाल प्रहरी मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, काठमाडौँ नेसनल मेडिकल कलेज, पुष्पलाल मेडिकल कलेजलगायत रहेका छन् ।
००००
होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन् । 

होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलबाट फाल हानेका थिए । तीमध्ये एकजना भने बेपत्ता भएका हुन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.