जेठ ०७, २०८१, सोमबार

प्रचण्डलाई भेट्न मध्यरातमा बालुवाटार पुगे देउवा


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ।  मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्। 

भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो। 

उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 प्रकाशित : चैत १४, २०८० बुधबार

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.